काठमाडौँ। माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीहरूलाई ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। शुक्रबार सम्पन्न बैंक सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पूँजीको ६ प्रतिशत (कर सहित) लाभांश दिने प्रस्ताव गरेको हो।
घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर सहित) रहेको बैंकले जनाएको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
देशका सातै प्रदेशमा १५७ शाखा, १२ एक्स्टेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९३ एटीएममार्फत सेवा दिँदै आएको माछापुच्छ्रे बैंकका हाल १८ लाखभन्दा बढी ग्राहक रहेका छन्। बैंकले हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल तथा सहज बैंकिङ सेवा पुर्याउँदै आएको छ।
बैंकको २०५४ सालमा नेपालको पश्चिमाञ्चल क्षेत्रबाट पहिलो क्षेत्रीय वाणिज्य बैंकको रूपमा संस्थापना भएको हो र पोखराबाट वि.सं. २०५७ सालमा देखि बैंकिंग कारोबार सुरु भएको थियो । बैंकको अध्यक्ष पोखराका रोशन केसी रहनुभएको छ ।




