नेविसंघ केन्द्रीय सदस्यमा दिपक शर्मा मनोनित

 

भुपाल गुरुङ,
पोखरा ८ बैशाख ।

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा दिपक शर्मालाई मनोनित भएका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिँह महरले स्याङजाका दिपक शर्मालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । नेविसंघ जनप्रिया बहुमुखी क्याम्पस पोखराका पुर्व सभापति समेत रहेका शर्मालाई अध्यक्ष महरले नेपाल विद्यार्थी संघको विधान २०२७ को छेटाँै शंसोधन २०७३ बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन् । शर्मालाई महरले गत चैत्त २९ गते नै मनोनितको पत्र धमाएका थिए । मनोनित पत्रमा मनोनयनले नेविसंघको विधि, विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल र थप उचाई प्राप्त गर्ने विश्वास अध्यक्ष महरले लिएको पत्रमा उल्लेख गरिएको छ । नेविसंघको विधानमा पदाधिकारी र सदस्यसहित २२ मनोनित गर्न पाउने व्यवस्था छ ।

शर्मा स्याङजा क्षेत्र १ विरुवा गाँउपालीका वडानम्बर ७ बाट पार्टीका क्षेत्रिय प्रतिनिधी समेत हुन् । स्याङजा र कास्कीमा विद्यार्थी राजनितिमा क्रियाशिल विद्यार्थी नेता शर्मा, पार्टी राजनितिमा समेत सक्रिया छन् । नेपालमा विभिन्न कालखण्डामा भएका विद्यार्थी आन्दोलनहरुमा अग्रणि भुमिका निर्वाह गरि संगठनलाई दिएको योगदानको मुल्याङकन गर्दै शर्मालाई अध्यक्ष महरले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको बुझिएको छ । पद र प्रतिष्ठ भन्दा संगठनलाई मुख्य ठान्ने शर्मा कांग्रेस नेताहरु बिच राम्रै छवि बनाएका विद्यार्थी नेताका रुपमा चिनिन्छन ।

Advertisment