पोखरामा ट्रायथोलन प्रतियोगिता हुने

भुपाल गुृरुङ
पोखरा, १० बैशाख ।

पोखरामा अगामी बैशाख १५ गते ‘छैटौं दक्षिण एशियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।प्रतियोगितामा देश तथा विदेशका करिव १५ जना महिला सहित १ सय खेलाडीको सहभागिता रहने बताएको छ । प्रतियोगीतामा दक्षिण एशियाली मुलुक भारत, बंगालादेश, पाकिस्तान, श्रीलंका लगायत देशका खेलाडिको सहभागिता रहने नेपाल ट्रायथोलन संघ कास्कीका अध्यक्ष सुमन देवकोटाले बताए ।

प्रतियोगीहरुले ट्राइयाथनल अन्तरगतको स्प्रिन्ट विधामा फेवातालमा ७ सय ५० मिटरको पौडी पश्चात बाराही घाट देखि मुस्ताङ्ग चोक सम्म चार ल्यापको २० कि.मि. साईकिलङ्ग र ५ किलोमिटरको दौड तथा दुवाथलन अन्तरगत ५ कि.मि. दौड २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड गर्ने छन् । पोखरामा आयोजना हुने प्रतियोगिता बाट इण्डोनेशियाको जर्कातामा हुने १८ औं एशियाली खेलकुदका लागि समेत खेलाडी छनौट गरिने बताएको छ ।

प्रतियोगीतामा भाग लिनका लागि हाल अनलाइन मार्फत नाम दर्ता भइरहेको आयोजकको भनाई छ । प्रतियोगितामा बिजेता खेलाडीले मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी ट्रायथोलन एकेडेमीका लागि पोखरा लेखनाथ वडा नं २१ स्थित पुम्दी भुम्दीमा जग्गा समेत खोजि भइरहेको संघले जनाएको छ । पोखरालाई विश्वको उत्कृष्ट ट्रायथोलन गन्तव्यको रुपमा आवश्यक पूर्वाधार निर्माण र जग्गाका लागि प्रदेश र स्थानिय सरकारले पनि थप चासो दिनु पर्ने संघको माग छ ।

Advertisment