समाजको नाङगो यथार्थ “निरमाया”

 

भुपाल गुरुङ,
पोखरा, २८ पौष ।

करिव तिन दशक अघि साहित्यकार सरुभक्त श्रेष्ठले लेखेको वैदिककालिन कथामा तयार पारिएको निरमाया नामक नाटक पोखरामा मञ्चन भइरहेको छ ।

शुक्रबार देखि नियमित मञ्चन भएको नाटकमा वैदिककालीन ऋषिहरुले नारीहरु माथी गरिने यौनजन्य शोषणको सामाजीक यथार्थको कथा चित्रण गरिएको छ । निरमाया, ३० वर्ष पहिले गरिव शोषित दलित यौन पिडित समाजको नाङगो यथार्थलाई अभिव्यक्त गर्ने अभिप्रायले लेखेको कथा सिर्जना भएको लेखक श्रेष्ठको भनाई छ । पोखरा थिएटरमा मञ्चन भइरहेको नाटक बारे लेखक श्रेष्ठले नाटक राम्रो बनेको दावी गरे । वैदिककालको परिवेशलाई अहिले देखाउन चुनौति भए पनि सहज रुपमा नाटक टिमले प्रस्तुत गरेको उनको दावी छ । लेखिएका धेरै कथा छन तर बाहिर आएका छैनन अब नाटक बनेर विस्तारै सार्वजानिक हुदैछन लेखक श्रेष्ठले भने । “तिन दशक अघि लेखिएको कथा भए पनि वैदिककालको घट्ना या परिवेश रहेकाले नाटकिय रुपमा तयार गर्न आफैँमा चुनौति थियो” नाटकका निर्देशक परिवर्तन कार्की भन्छन । “कथा नै राम्रो भएकाले नाटक राम्रो बन्दैन कि भन्ने डर थियो तर मञ्चन पश्चात राम्रै प्रतिक्रिया आइरहदाँ खुशि छु ।” यस अघि बितेका कुरा नामक नाटक निर्देशक गरिसकेका परिवर्तनको यो निर्देशकिय रुपमा दोस्रो नाटक हो । दोस्रो पटक नाटकको निर्देशन गरेका परिवत्र्तनले सरुभक्त श्रेष्ठको निरमाया कथालाई रोज्नु नै आँफुले जोखिम मोलेको सम्झन्छन ।
नाटकमा २३ जना कलाकारले अभिनय गरेका छन् भने पुराना रंगकर्मी प्रकाश घिमिरे र प्रमिला तुलाचनको अभिनयले नाटकलाई जिवन्त तुल्याउछ । यसका साथै नाटकमा प्रयोग गरिएका प्रत्यक्ष वद्यावादन र गीत संगीतले नाटकलाई थप रोमञ्चक बनाउछ । करिव १ घण्टा ४० मिनेटको नाटक हेरिरहदाँ दर्शकलाई रंगमञ्चको क्यानभासमा मज्जैले भुलाउछ । नाटक पौष २७ देखि माघ १२ गते सम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा नियमित रुपमा पौने पाँच बजे र शनिबार दिउसो १ बजे पनि मञ्चन हुनेछ ।

Advertisment