मल्टी ब्रान्डेड कपडा अब पोखरा मै

पोखरा, २९ फागुन ।

अन्र्तराष्ट्रियस्तरका कपडाका सौखिनहरुले अब पोखराको पोखरा ट्रेड मलमा मल्टी ब्रान्डेड कपडाहरु किन्न पाउनेभएका छन् ।

पोखरा ट्रेड मलको भूई तलाको सटर नं B 132 – B 135 मा मेल बक्स नामक मल्टी ब्रान्डेड तयारी कपडा पसलको उदघाटन संगै अब ग्राहकले पोखरामै बल्डीब्रान्डेड कपडा सजिलै किन्न सक्ने जनाएको छ । पसलको मंगलबार गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले उदघाटन गर्नुभएको हो ।

ब्रान्डेड कपडाका सामानहरु खरिदको लागी पसल पसल चाहारेर हिड्नु पर्ने बाध्यतालाई अन्त गर्ने उद्ददेश्यका साथ पोखरा ट्रेड मलका केही लगानीकर्ता करिब १ करोड ५० लाखको लगानीमा मेल बक्स खोलिएको मेल बक्सका प्रोप्राइटर दिपककुमार मुल्मीले बताए । पसलमा बिभिन्न ख्याती प्राप्त ब्रान्डहरु नेक्ट जिन्स, लिवाइज जिन्स, नोभेम्बर जिन्स र कप्सुली नाइन लगायतका तयारी कपड साथै लिइङ जुत्ताहरु, जक्की इनिवेयर जस्ता उत्कृष्ठ र गुणस्तरीय सामानहरु उपलब्ध रहने उनले बताए ।

युवा पुस्ताको रोजाई अनुसारका मौसम अनुकुलका तयारी कपडाका सामानहरु सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइने बताएको छ । पसल उद्ध्घाटनको अवसरमा चैत्र ८ गते शुक्रवार सम्मका लागी ५ देखि १० प्रतिशत सम्म बिशेष छुटको ब्यवस्था गरेको समेत जनाएको छ ।

Advertisment