आइसिएन विश्व च्याम्पियनसिपमा भिड्दै पोखराका सुजन

भुपाल गुरुङ,
पोखरा, ७ कार्तिक ।

पोखरा न्युरोडका ३४ वर्षीय सुजन शिल्पकार अष्ट्रेलियामा आयोजना हुने विश्व च्याम्पियनसिप, २०१९ मा भिड्दै छन् ।

अष्ट्रेलियाको लन्चेस्टन बस्दै आएका सुजन कार्तिक ९ र १० गते मेलबर्नमा आयोजना हुने आइसिएन विश्व च्याम्पियनसिपमा सहभागी हुदैछन । सुजनले अष्ट्रेलियाको तास्मानिया क्षेत्रको लन्चेस्टनमा आयोजित ‘आइ कम्पिट नेचुरल बडी फिटनेस’ नामक प्रतियोगीतामा दुई स्वार्ण जित्दै विश्व च्याम्पियनमा भाग लिने ढोका खुलेको थियो । यो संगै उनि त्यहाँको क्षेत्रीयस्तरको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् । अष्ट्रेलियाको कन्ट्री क्लवमा आयोजना भएको उक्त प्रतियोगीतामा उनले पहिलो पटक प्रतियोगितामा भाग लिनेहरुको विधा र ३१ वर्षभन्दा माथिकाहरुको विधामा स्वर्ण पदक प्राप्त गरेका थिए भने ‘ओपन फिजिक्स’ विधामा पाँचौ स्थान प्राप्त गरे ।

उनले अष्ट्रेलियाको राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भइ जितेर नेपाललाई विश्व सामु चिनाउने लक्ष्य राखेका छन् । कडा मिहेनेत र परिश्राम कै कारण विश्व च्याम्पियन बन्ने आधार भएको उनको जिकिर छ । उनले अहिले दैनिक डाइट प्लान र जिम गरिरहेका छन् ।

Advertisment