मंसिर २६ मा कांग्रेस बैठक,भागबण्डा मिले नेबिसंघ,तरुणदल,बिभागहरु गठन गरिने !

मुख्य बिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने भएको छ।

दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा मंसिर १४ गते सम्पन्न उपनिर्बाचनको समीक्षा गरिने बताइएको छ।

यसैगरी, बैठकमा लामो समयदेखि अधिबेशन हुन नसकेका भातृसंस्थाको निश्चित समय तोकेर अधिबेशन गराउन निर्देशन दिने तथा करिब एक बर्षदेखि रिक्त नेविसंघको महाधिबेशन गराउने गरी नेतृत्व चयनका बिषयमा पनि छलफल हुने बताइएको छ।

त्यसैगरि पाेखरा महाधिवेशनमा नेताहरुकाे सहमतिमा गठन गरिएकाे चार सदस्यिय समितिलाई तरुणदलकाे म्याद सक्किएकाे छ । यस बैठकले तरुण दलकाे छ महिना म्याद थपेर महाधिवेशन गर्न समय सिमा ताेक्ने संभावना रहेकाे छ भने ९५ सदस्यिय कार्यसमिति लाई भागबन्डाकाे अाधारमा मनाेनित गर्ने समेत सहमति हुनसक्ने बताईन्छ ।

सभापति देउवाकाे अनुकुल मिले वा पार्टी भित्रका बिपक्षीले अाफ्ना भागमा परेकाे प्रतिशतकाे अाधारमा नाम ल्याइएमा पार्टीकाे बिधान बमाेजिमका बिभिन्न बिभाग हरु समेत गठन गर्ने संभावना रहेकाे स्राेतले जानकारी दिएकाे छ ।

  • कांग्रेसले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन अनुरोध गरेको छ।
  • यी हुन् कांग्रेसका २८ विभाग
    विधानमा कांग्रेसका २८ विभाग रहने व्यवस्था छ। (१) संगठन विभाग, (२) अन्तर्रा्िष्ट्रय सम्बन्ध विभाग, (३) संवैधानिक कानुन तथा संसदीय मामिला विभाग, (४) संघीय मामिला तथा स्थानीय तह विभाग, (५) सूचना, सञ्चार तथा प्रचार विभाग, (६) पेशागत तथा बुद्धिजीवी विभाग, (७) भाषा, साहित्य, कला तथा संस्कृति विभाग, (८) शिक्षा, विज्ञान तथा प्रविधि विभाग, (९) गैर सरकारी संस्था तथा सामाजिक सेवा विभाग, (१०) अनुगमन, मूल्याकंन तथा अभिलेख विभाग, (११) उद्योग तथा वाणिज्य विभाग, (१२) पर्यटन विभाग, (१३) कृषि तथा भूमिसुधार विभाग, १४) युवा तथा खेलकुद विभाग, (१५) प्राकृतिक स्रोत, जल तथा ऊर्जा विभाग, (१६) शान्ति, स’रक्षा तथा प्रशासन सेवा विभाग, (१७) श्रमिक तथा ट्रेड युनियन विभाग, (१८) जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन विभाग, (१९) द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग, (२०) स्वास्थ्य विभाग, (२१) वन, वातावरण तथा विपद व्यवस्थापन विभाग, (२२) महिला, लैङ्गिक समता, सामाजिक सुरक्षा एवं कल्याण विभाग, (२३) आर्थिक नीति तथा योजना विभाग, (२४) भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभाग, (२५) अन्य पार्टी सम्पर्क विभाग, (२६) सहकारी विभाग, (२७) भ्रातृ संघ समन्वय विभाग, (२८) शुभेच्छुक संस्था समन्वय विभाग गठन गर्ने विधानमा उल्लेख छ।
Advertisment