चीनमा भएकाे अल्टिच्युट (४२४७मि) अल्ट्रा दौड प्रतियोगितामा नेपाल बिजेता

पाेखरा । चाईना को अति सुन्दर शहर कुन्मिङ्ग मा आयोजित जिआओजी माउन्टेन ८० किलोमिटर र ५० किलोमिटर हाई अल्टिच्युट (४२४७मि) अल्ट्रा दौड प्रतियोगिता सम्पन्न भएकाे छ ।
नेपालले महिला तर्फ प्रथम रसिला तामाङ्ले ५० किलाेमिटरकाे दाैडमा बिजेता बनेका हुन ।
त्यसैगरि पुरुष दाैड तर्फ क्रमशः दुर्गा राज बुढा, दामोदर बुढा मगर सन्तोष बिक्रम बिष्ट दोस्रो, तेस्रो र पाचौं स्थान प्राप्त गर्न सफल भएका छन् । उनीहरुलाई जनही नगद ४५००/- आरएमबी प्रथम ३५००/-दोस्रो र २५००/- तेस्रो मेडल प्रमाणपत्र प्राप्त गर्न सफल भएकाे कुरा नेपाली टिम लिडर एबं कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष याम गुरुङले जानकारी दिएका छन् ।

दाैड प्रतियोगितामा एथलेटिक्सका केन्द्रिय सदस्य गज बहादुर गुरुङ लगायतकाे समेत सहभागी रहेकाे थियाे ।

Advertisment