पोखरा, ४ असार । नेपाल परिवार नियोजन संघ कास्कीले शुरु गरेको यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान बिहीबार पोखरा महानगरपालिका वडा नं १२ स्थित अमरसिंह नमूना माविमा संचालन गरिएको छ ।
कास्कीका २४ वटा विद्यालय तथा कलेजमा संचालन गर्ने लक्ष्य सहित गत भदौ १७ गतेदेखि सुरु गरिएको अभियानको यो २१ औं कार्यक्रम भएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नं १२ कार्यालयले सहयोग गरेको हो ।
पोखरा महानगरपालिका वडा नं १२ की कार्यवाहक वडा अध्यक्ष शान्ति कोइरालाले कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला, प्रधानाध्यापक बलराम पोख्रेलले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु दाहाल, युवा संयोजक कृशा सिग्देल, वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी, स्टार्फ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका युवा संयोजक कृशा सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सभापति नवीन सिग्देलले स्वागत र वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।




