अन्तर्राष्ट्रिय ओलम्पिक दिवसमा दौड

पोखरा । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने क्रममा पोखरामा ५ किमि दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. १ को सहयोगमा शनिवार दौड प्रतियोगिता सम्पन्न भएको हो ।
हप्ताको पहिलो शनिवार साप्ताहिक तथा मासिक दौड कार्यक्रम अन्तगर्त १८ औँ श्रृङखलाको ५ किमि दौड प्रतियोगिता गरेको हो ।
दौडमा १६ बर्ष मुनिका बिद्यार्थी छात्र÷छात्रा, खुला महिला, पुरुष र पोखरा महानगरपालिका वडा नम्बर १ स्तरिय आमा समुह सदस्यहरुको ३ किमि दौड प्रतियोगिता भएको नेशनल ओलम्पिक एकेडेमी, नेपालका संयोजक तेज बहादुर गुरुङले जानकारी दिनुभएको छ ।
पुरानो टुँडिखेल राष्ट्रिय मावि अगाडिबाट शुरु भई पोखराको बिभिन्न ठाउँ परिक्रमा गरेर सोहि ठाउँमा आई समापन भएको थियो ।
प्रतियोगितामा १६ बर्ष मुनिका बिद्यार्थी छात्र दौडमा केफ स्कुलका दिपेश रुचाल पहिलो, माछापुच्छे« स्कुलका ईश्वर प्रजा दोस्रो र गौरीशङ्कर स्कुलका कुलश खत्री तेस्रो हुन सफल हुनुभएको छ ।त्यस्तै छात्रा तर्फ अब्या कल्बका कबिता मगर पहिलो, सेन्ट मेरिजकी सम्रिता मर्शानी दोस्रो र गण्डकी बोडिङ्ग स्कुलकी सादगी शर्मा तेस्रो हुनुभएको छ ।
त्यस्तै खुला महिला तर्फ नितु तामाङ पहिलो,ओममाया गुरुङ दोस्रो र सुजिता मास्के तेस्रो भइन् । खुला पुरुष तर्फ महेन्द्र वोगटी पहिलो,महेन्द्र घर्ती मगर दोस्रो र सुजन थापा तेस्रो हुन सफल हुनुभएको छ ।
आमा समुह दौड तर्फ नमुना आमा समुहकि उमादेवी बराल पहिलो,कामना जागरण महिला समुहकि मैया देवी मगर दोस्रो र सिद्धार्थ आमा समुहकि सिता देवकोटा तेस्रो हुन सफल भएको सचिव महेश पौडेलले बताए । आमा समुह दौडमा ७६ बर्षकि राधा देवी पराजुलीले पनि ३ किमि दौड पुरा गर्न सफल हुनुभएको छ ।
बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री गोविन्द बहादुर नेपाली, पोखरा महानगरपालिका वडा नं. १का वडा अध्यक्ष साहारा प्रधान, मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ,रेश डाइरेक्टर तेज बहादुर गुरूङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, प्रथम उपाध्यक्ष खेम गुरूङ, द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिना, सचिव महेश पौडेल, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख पुस्कर भट्टराई,पोखरेली मञ्च युकेका सल्लाहाकार बाचस्पती रेग्मी लगायतले मेडल, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स, पोखरा महानगरपालिका वडा नं ७ र कास्की जिल्ला खेलकुद विकास समिति सहयोगि संस्थाको रुपमा रहेको थियो ।
पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले नियमित रूपमा यस्ता दौड प्रतियोगिता सञ्चालन गर्दै आएको र यस्ता कार्यक्रमले स्थानीय स्तरमा खेलकुदको संस्कृति र नयां पुस्ता ग्याजेटमा अनावश्यक भुलिरहेकालाई ध्यानआकर्षण गराउन योगदान पुग्ने भुतपुर्ब खेलकुद मन्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिनुभएको छ ।

Advertisment