गुरुङ समुदायलाई राष्ट्रियसभा अध्यक्षकाे शुभकामना

पाेखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गुरुङ समुदायकाे महान पर्ब ल्हाेछार/ल्हाेसारकाे अवसरमा शुभकामना ब्यक्त् गर्नुभएकाे छ । एक बक्तब्य मार्फत अध्य तिमिल्सिनाले साे शुभकामना दिनुभएकाे हाे ।
हेर्नुस पुर्णपाठ सहित:-
तमु(गुरुङ)समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारको पावन अवसरमा गुरुङ समुदाय लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदीबहिनी दाजुभाइप्रति सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । हाम्रो देशमा ठाउँ÷समुदाय विशेष अनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, भेषभूषा रहेका छन्, जुन हाम्रो पहिचान पनि हो । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो । तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै जानुपर्छ ।
ल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्दै गुरुङ समुदाय र समस्त नेपालीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

१५ पुस, २०७६ ।
गणेशप्रसाद तिमिल्सिना

Advertisment