भिमकाली क्लबद्वारा कहां कहां गरयाे् राहात वितरण ? आगामी कार्यक्रम सहित हेर्नुस

पाेखरा । पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल रहदै आएको भिमकाली युथ क्लबले विपन्न परिवारलाई राहात वितरण गरेको छ ।
कोरोना कहरका कारण दैनिकीमा समस्या हुदै आएको बगर आसपासका ६८ विपन्न परिवारलाई वडा कार्यालयको समन्वयमा आज (मंगलबार) राहात वितरण गरेको हो ।
क्लबका सल्लाहकार प्रकाश गुरुङले हरेका वर्ष विभिन्न समाजिक कार्य तथा प्रतियोगिता गरी ६ वटा कार्यक्रम गर्दै आएको जानकारी दिए । ‘हामीले हरेक वर्ष ६ वटा कार्यक्रम गर्ने भन्दै बैठकमा निर्णय गरेका थियौ, उनले भने, ‘सोही अनुरुप नै हामीले गाईघाट, के.आई.सिंह पुल, शंकर टोल लगायतका विपन्न परिवारलाई आज राहात स्वरुप खाद्यान्नका सामग्री वितरण गरेका हौं ।’
गुरुङले ४१ हजार रकम बराबरको सो परिवारहरुलाई राहात प्रदान गरेको बताउदै परिवार सँख्याको आधारमा चालम, दाल, चिनी, नुन, तेल तथा साबुन लगायतका सामाग्री वितरण गरेको जानकारी दिए ।
त्यस्तै क्लबका अध्यक्ष कृष्ण गुरुङले क्लबको वार्षिक कार्यतालिका अनुरुप नै आगामी महिनामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने बताए । उनका अनुसार बगरको ट्याक्सी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिने छ । ‘हामीले विशेषगरी सरसफाई, युवाहरुलाई कुलतबाट टाढा राख्ने गरी सचेतना तथा विविध खेलकुद प्रतियोगिताहरुलाई अघि सार्दै छौं, अध्यक्ष गुरुङले भने, ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार हो भन्ने लागेर हामी युवा मैत्री हुदैछौ ।’ उनले लकडाउनको पश्चातको बैठले मिति तय गरी क्लबका सदस्य स्व.जीवन गुरुङको स्मृतिमा सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्ने समेत जानकारी दिएका थिए ।

Advertisment