प्रमुख लेप्टीनेन्ट कर्णेल शशांक त्रिपाठी बाट ट्राफिक- प्रहरीलाई सहयाेग, नेपाल-भारत सम्बन्ध थप मजबुत हुने बिश्लेषण

पाेखरा । भारतीय राजदुताबास पेन्सन बितरण कर्यालय पोखराका कार्यलय प्रमुख लेप्टीनेन्ट कर्णेल शशांक त्रिपाठीले फेरि अर्काे सहयाेग प्रदान गर्नुभएकाे छ ।
समुदाय प्रहरी साझेदारीको धारणाको पालना गर्दै, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को रोकथाम र नियन्त्रणको लागी अग्र पंङ्तीमा खटिएका ट्रफिक प्रहरीलाई सहयाेग गर्नुभएकाे हाे ।
ट्राफिक प्रहरीकाे कामकाे उच्च मुल्याङकन गर्दै प्राेत्साहन स्वरुप गण्डकी प्रदेश ट्राफिक कार्यलय, गगनगौडा पोखरालाइ प्रमुख लेप्टीनेन्ट कर्णेल शशांक त्रिपाठी ज्यू ले Surgical Mask, Surgical Gloves, Sanitizer र Infrared Gun जस्ता स्वास्थ सामाग्रीहरू हस्तान्तरण गर्नु भएको हाे भारतीय पेन्सन बितरण कार्यालयले युनाईटेड खबर डटकम लाई भन्नुभएकाे छ ।
यस अघि पनि निजी खर्चमा लेप्टीनेन्ट कर्णेल प्रमुख शशांक त्रिपाठी त्रिपाठीले बिभिन्न स्थानमा सहयाेग प्रदान गर्नुभएकाे छ । यस्ता सहयाेगले अादान प्रदानले सदियाैं देखि रहेकाे नेपाल- भारत सम्बन्धमा थप उत्साहित हुने यहां बिश्लेषण भईरहेकाे छ ।

Advertisment