मानवीय सेवाकाे काैशी खेति प्रतियोगितामा लामिछाने उत्कृष्ट

पाेखरा, ३०, असार । मानवीय सेवा अभियानले सञ्चालन गरेकाे काैशी तथा अर्गानिक खेति अभियान अन्तरगत काैशि खेति प्रतियोगितामा पाेखरा १७ कि गिता लामिछाने उत्कृष्ट हुनुभएकाे छ ।
कास्कीका तीन सय भन्दा वढी सहभागी भएको उक्त प्रतियोगितामा सामाजिक अभियन्ता गिता लामिछानेलाई छनाैट समितिले छनाैट गरि उत्कृष्ट घाेषणा गरेकाे हाे ।
अभियानका अध्यक्ष तथा युवा उत्प्रेरक सुष्मा पाैडेलले काेराेनाकाे कहरका बेला काैशी खेति उत्पादनमा उत्प्रेरणा जगाउन उक्त अभियान सुरु गरिएको बताउनुभयाे । पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेकी पाैडेलले शहर बजारमा खेतीयोग्य जमिन मासिदै गएको र दिनानुदिन बिषादीयुक्त तरकारी खानुपर्ने बाध्यतालाई चिर्न काैशी खेती गर्न समेत अाह्वान गर्नुभयाे ।साथै गिता लामिछानेले उत्कृष्ट काेशी खेति मात्र नभएर लकडाउनका समय उत्कृष्ट मानवीय कार्य गरेकाेमा प्रशंसा समेत गर्नुभयाे ।
कार्यक्रम संयाेजक पुर्णदिप सिग्देलले सहभागीता जनाउनुहुने र छनाैट समितिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कृषि उत्पादनमा जाेड दिन अनुरोध गर्नुभयाे ।
सल्लाहकार तथा अभियानकाे टाेलि लामिछाने निवासमा पुगि लामिछाने दम्पतीलाई सम्मान गरेकाे हाे ।
सम्मानपत्र तथा मायाकाे चिनाेद्वारा सम्मानित भएपछि गिता लामिछानेले अाफुमा अझै उर्जा थपिएको बताउनुभयो । उनले लकडाउनकाे समय भरी बाहिरवाट तरकारी किनेर खानु नपरेको अनुभव बाढ्नुभयाे । साथै काेशी खेतिले विशादि तरकारी खानवाट जाेगाउने कार्य मात्र नगरेर मनमा एकप्रकारकाे खुसी र शारीरिक व्यायाम समेत हुने गरेको बताउनुभयाे । कार्यक्रमकाे सञ्चालन महासचिव सावित्री शर्माले गर्नुभएको थियाे ।

Advertisment