कांग्रेसकाे क्षेत्रिय बैठक सम्पन्न, के भयाे त निर्णय ?

पोखरा । नेपाली कांग्रेस क्षेत्र नम्बर तीनको बैठक बिहिबार सम्पन्न भएको छ । पार्टीको १४ औं महाधिवेशन लाई लक्ष्य गरि बसेको बैठकमा सो क्षेत्रका महासमिती सदस्य,महाधिबेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी क्षेत्रिय पदाधिकारी,गाउंपालिकाका सभापति तथा गाउं,नगरका वडा सभापति,प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बैठकले केन्द्रिय परिपत्र अनुसार नयां कृयाशिल सदस्यताका लागि आबेदन दिन तथा पुराना कृयाशिल सदस्यहरुको नवीकरण श्रावण १० गते भित्र क्षेत्रिय समितिमा बुझाईसक्नुपर्ने निर्णय गरेको छ ।

पार्टीका सभापति पोषनाथ शर्माको सभापतित्वमा समपन्न बैठकले बिपि स्मृतिको दिवसको अवसरमा बृक्षारोपण गर्न माछापुच्छ्रे गाउंपालिका र अन्नपुर्ण गाउंपालिका साथै नगरका वडाहरुमा सोही अनुसार हुने गरि कार्यक्रम गर्ने र सहभागिता जनाउने निर्णय गरेको सभापति शर्माले युनाईटेड खबर डटकम लाई जानकारी दिनुभएको छ ।
क्षेत्र भर ३१वटा वडा कार्कार्यसमिति रहेकाे क्षेत्र नम्बर ३ मा करिब ५ सय टाेल कार्य समिति रहेकाे छ । भने दुई वटा गाउं पालिका समिति र दुई वटा प्रदेश निर्बाचन समित रहेकाे छ । ३५ सय कृयाशिल रहेको कांग्रेसले १७ सय नयां सदस्य बढाउने लक्ष्य लिएकाे क्षेत्रिय सभापति पाेषनाथ शर्माले जानकारी दिनुभयाे ।

Advertisment