तरुण बिभागकाे कार्यालय कहां भयाे स्थापना !

काठमाण्डौं, २ साउन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अ।गामी महाधिवेशन लाई प्रभाबित पार्न निर्बाचन नियमावली बिपरित बिभाग हरु गठन गरेकाे भन्दै बिहिबार मात्रै नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल,महामन्त्री शशाङ्क काेईराला र काेषाध्यक्ष सितादेबी यादबले पार्टीकाे निर्बाचन समितिमा उजुरी गरेकै भाेलिपल्ट तरुण विभागको कार्यालय स्थापना गरिएको छ ।

राजधानीको लाजिम्पाटमा विभागको कार्यालय स्थापना गरिएको हो ।सो कार्यालयको कांग्रेस केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले शुक्रबार उद्घाटन गरेका थिए ।
कार्यालय स्थापना सगै तरुण विभागको सम्पूर्ण काम कार्वाही तीब्र रुपमा अगाडि बढ्ने भएको भण्छडारीले बताएका छन् । केही दिन अघि तरुण विभाग प्रमुख शंकर भण्डारीको सिफारिसमा पार्टी सभापति शेरबहादुर देउवाले १९ जना तरुण नेताहरुलाई सदस्यमा मनोनित गरेका थिए ।

Advertisment