मेजर दिपककाे निधन, सर्बत्र शाेक

पोखरा, २ साउन । राष्ट्रिय सभा सदस्यका पुर्ब सांसद एबं नेपाल भुतपुर्ब सैनिक संघका पुर्ब अध्यक्ष बेलायती सेना बाट अवकाश प्राप्त मेजर दीपकबहादुर गुरुङको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

लामो समयदेखि मृर्गौला र मधुमेहबाट पीडित गुरुङको काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपाल भूपू सैनिक संघको पूर्व अध्यक्ष, राष्ट्रिय सभा सदस्य गुरुङ कास्कीको मादी गाउँपालिका ताङतिङमा जन्मेर पोखरा र काठमाण्डौंमा बस्दै आएका थिए ।

पहिलो संविधान सभा सदस्य निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं १ मा उम्मेद्वार बनेका थिए । उनी देब गुरुङ संग ३२ मत अन्तरले पराजित भएका थिए ।
उनको शुक्रवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस तरुण बिभाग सदस्य एबं युवा नेता लेख बहादुर गुरुङले युनाईटेड खबरलाई जानकारी दिएका छन् । गुरुङको पार्थिव शरिरमा नेपाली कांग्रेसका नेताहरुले पार्टीको चारतारा झण्डा ओढाई अन्तिम बिदाई गरेका थिए ।
स्वर्गिय गुरुङको एक श्रीमती, दुई छोरा र चार छोरी छन् ।

Advertisment