सचिव वस्यालबाट रासस प्रदेश कार्यालय निरीक्षण

पोखरा, १० साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न जान लाग्नु भएका गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले आज राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजारस्थित कार्यालयमा पुगि उनले कार्यालयको भौतिक अवस्थिति एवम् सेवा प्रवाह लगायतका बारेमा जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा सचिव बस्यालले कार्यालय भवन अन्यन्त जीर्ण अवस्थामा देखिएको र दैनिक कार्य सञ्चालनका लागि पनि बैकल्पिक व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।

कार्यालय भवन निर्माणका लागि आप्mनो तर्पmबाट तत्कालै पहल गर्ने प्रतिवद्धता व्यक्त गर्र्दै सचिव बस्यालले भने,“जीर्ण रहेको कार्यालय भवन तत्कालै पुनःनिर्माणका लागि मेरो तर्फबाट पहल रहने छ ।”

कार्यालयका समाचारदाता हरिप्रसाद बास्तोलाले रासस प्रदेश कार्यालयबाट भई रहेका सेवा प्रवाह, जनशक्ति, सञ्चार सामग्री लगायतका बारेमा सचिव बस्याललाई जानकारी गराएका थिए ।

प्रदेश कार्यालय अन्तर्गत ११ वटै जिल्लामा रहेका जिल्ला समाचारदाताहरुले सङ्घ,प्रदेश तथा स्थानीय सरकारका गतिविधिहरु, सार्वजनिक सरोकार, कृषि, पर्यटन, खेलकूद लगायतका विषयहरुका बारेमा समाचार सम्प्रेशण गर्दैै आएको जानकारी बास्तोलाले गराए ।

शहरी विकास तथा भवन कार्यालय कास्कीको प्राविधिक रिपोर्टबाट समेत कार्यालय भवन जीर्ण पाइएको र कार्य सञ्चालनमा समते जोखिम देखिएकाले तत्काल भत्काउनु पर्ने व्यहोरा बारे समेत सचिव बस्याललाई अवगत गराइएको थियो ।

सचिव बस्याल प्रदेश सरकारको प्रमुख सचिवमा १६ महिना कार्यकाल व्यतित गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका हुन् । उनी आइतबार प्रदेश सरकारबाट बिदाई भएपछि पदबहालीका लागि काठमाडौँ जानुहुने कार्यक्रम रहेको छ

Advertisment