घान्द्रुकमा जिप दुर्घटना, चालककाे निधन

पाेखरा । पाेखराबाट घान्द्रुक जांदै गरेकाे जिप दुर्घटनामा परेकाे छ ।
घान्द्रुककाे स्थानिय ‘क्लिउ’ भन्ने ठाउंमा साेमबर जिप दुर्घटना भएकाे अमृत गुरुङले युनाईटेड खबर लाई जानकारी दिएका छन् ।

प्राप्त समाचार अनुसार खाधान्न लिएर गएकाे ग २ च २८१७ नम्बरकाे सेताे बलेराे जिप दुर्घटना भएकाे हाे ।

मुलुकमा काेराेनाका कारण लामाे समय लकडाउन भएकाे अवधिभर साे जिपले खाधान्न तथा अन्य दैनिकी मालसामानहरु अाेसारने गरिएकाे बताईन्छ ।
जिप दुर्घटनामा चालक सुरेश शेरचनकाे घटनास्थलमा नै मृत्यु भएकाे स्थानियले जानकारी दिएकाे छ । अहिले साे ठाउंमा प्रहरी पुगि अावश्यक कार्य गरिरहेकाे छ ।

Advertisment