पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै लागुऔषध सहित मानिस पक्राउ गरेकाे जनाएकाे छ ।
लागूऔषध सम्बन्धी गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मिति २०७७।०६।१० गते १९:०० बजेको समयमा पक्राउ गरेकाे बताएकाे छ ।
पोखरा महानगरपालिका वडा नं.१३ गौडाकोमुख स्थितमा बाटोमा हिडिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं.१३ बस्ने बर्ष २५ को दिपेश गुरुङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट डाईजापाम २३ एम्पुल, फेनेरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी जम्मा ७१ एम्पुल लागुऔषध र मोवाईल १ थान सहित फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको कास्की प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ व्यक्तिको विवरण :-
• नाम : दिपेश गुरुङ
• उमेर : २५ वर्ष
• ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१३ गौडाको मुख
लागुऔषध सहित पाेखराका युवा पक्राउ
September 27, 2020
629
Advertisment


