कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्त्तिक २१ गते शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ।

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको मुख्यसचिब कृष्ण प्रसाद पाैडेलद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएकाे छ ।

Advertisment