अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर सडकमा कालोपत्रे काम मन्त्री र वडाध्यक्षद्वारा निरीक्षण

शिशिर पाैडेल

पोखरा १३ कार्तिक । कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।

पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो ।करिव आधा किलोमिटर सडक ढलान गरिएको छ भने वाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।चैतमा नै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ काम गरेको कम्पनीले लक डाउनका कारण ६ महिना पछी आएर मात्र काम शुरु गरेको जनाईएको छ ।
भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने कालोपत्रे गर्ने कार्य शुरु गरेको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।हाल अमलाविसौनी देखि घार्मीको मैदानसम्म कालोपत्रे गरिने र वाँकी सडक खण्डमा पनि छिट्टै निर्माणको काम गरिने सचिव पौडेलले वताउनुभयो ।

यसैविच जारी कामको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत व. विश्वकर्मा,पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेल सहितको टोलीले निरीक्षण गरेको छ ।दशैं मनाउन गाउँ आउनुभएका मन्त्री विश्वकर्माले त्यही शिलशिलामा निमार्णाधिन सडकको अवलोकन गर्नुभएको हो ।
निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचक््रयाई नगर्न सुझाव दिनुभयो । वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको वताउदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए ।वि.स. २०४१ सालवाट त्यस क्षेत्रमा सडक लैजान योजना शुरु भएता पनि विभिन्न अवरोध र वजेट अभावका कारण सडक अलपत्र परेको थियो ।३६ वर्ष पछि वल्ल त्यस क्षेत्रमा कालोपत्रे सडक पुगेपछि त्यस क्षेत्रका वासिन्दा हर्षित भएका छन । स्थानिय चन्द्र व वि.कले सडक र खानेपानीको सुविधा सगै अव यस क्षेत्रलाई पर्यटकीय गन्तव्य वनाउनुपर्ने वताउनुभयो ।

उक्त सडकलाई राष्टिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद रहेका तत्कालिन मन्त्री कुमार खड्काले भुमिका खेल्नु भएको थियो । यस्तै लामाचौरकै गौरवको रुपमा रहेको लिफ्टीङ्ग खानेपानी आयोजनाको काम पनि भैरहेको छ । आयोजना अन्र्तगत घार्मीमा टंकी निर्माणको काम सम्पन्न भएको र अव छिट्टै घरघरमा पाइप लाईन वितरणको काम शुरु गरिने सचिव पौडेलले जानकारी दिनुभयो । हाल वडा नम्वर १९ भित्र विकास निर्माणका विभिन्न कार्यले तिव्रता पाएका छन् ।

Advertisment