घार्मीको ओमकारेश्वर मन्दिरमा सतबीज छरियो

शिशिर
पोखरा, २८ मंसिर
पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सद्वीज छरिएको छ ।

वाला चर्तुदसी पर्वको अवसरमा स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा अर्मला, पुरञ्चौर, सार्दीखोला, हेम्जा, हरिपाउँ, कुरेचौर र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना दिवंगत पितृको सम्झना सहित भगवान शिवको आराधना गरी मन्दिर परिसरमा सद्वीज छरेका थिए ।

स्थानिय सीता पौडेलको घरवाट भजन किर्तन सहित धार्मिक परम्परा अनुसार फुलको डोली मन्दिर परिसरमा ल्याएपछि डोलीसँगसँगै सतविज छर्नेको घुईचो लागेको थियो ।साँझ सम्म पनि मन्दिरमा पूजा गर्ने र सदविज छर्न मन्दिर परिसरमा भक्तालुहरुको पुगेकोे समितिका अध्यक्ष टीकाराम पौडेलले वताउनुभयो ।कोरोना महामारीका कारण अघिल्ला वर्ष हरुमा जस्तो तामझाम नगरिएको समितिले जनाएको छ ।स्थानिय भजन मण्डलीले साझसम्म पनि भजन किर्तन गरेका थिए ।सद्विज छर्न पुगेकाहरुले त्यहाँवाट माछापुच्छ्रे, अन्नपुर्ण हिमश्रृखंला सहित पोखराको समेत दृश्यावलोकन गरेका थिए । त्यस क्षेत्रमा पुगेका भतmजनहरुले घार्मीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानिय वासिन्दालाई सुझाव दिएका छन ।

घार्मिमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागी स्वदेशि तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन ।बाला चर्तुदशि पर्व र सिवरात्रीमा त्यस क्षेत्रमा धार्मिक मेला नै लाग्ने गरेको छ ।

Advertisment