पाेखरा फाईनान्सकाे पाैष २९ मा साधारणसभा, लाभांश सुरक्षित १५ गते सम्म

पाेखरा । पोखरामा प्रधान कार्यालय रहेकाे पाेखरा फाइनान्स लिमिटेडकाे साधारण सभा पुस २९ गते बुधवार बस्ने भएको छ ।
चालुपुंजी ९१७२८१७०४ रहेकाे पाेखरा फाईनान्सले यस पटक ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२६% नगद लाभांश वितरण गर्न लागेको हो ।
साधारणसभा पाेखराकाे दरबारथोक ब्यांकेटमा भर्चुअल माध्यमबाट बिहान ९ बजेबाट सुरु हुने भएकाे छ ।
पाेखरा फाईनान्सकाे गण्डकी,बाग्मती, लुम्बिनी प्रदेशका साथै देशका बिभिन्न स्थानमा गरि २३ शाखा रहेकाे लेखा अधिकृत नामदेबी पुनले जानकारी दिएका छन् ।

साधारणसभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि पोखराले पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ ।
पुस १५ गतेसम्म कायम सेयरधनीले कम्पनी बाट वितरण हुने लाभांश सुरक्षित गर्न सक्ने हुंदा अहिले शेयर खरिद गर्नेहरुकाे ध्यान केन्द्रित भईरहेकाे देखिन्छ ।

Advertisment