प्रधानमन्त्री ओलीबाट मन्त्रिपरिषद् हेरफेर, एक मन्त्री, एक राज्यमन्त्री हटाईए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको छैटौँ दिनमा मन्त्रिपरिषद् पुनर्गठन, विस्तार तथा हेरफेर भएको छन् ।
नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै शपथ लिएका छन् । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेकपा दुई चिरा परेको छ । दाहाल-नेपाल खेमामा रहेकाहरूले राजीनामा दिएको स्थानमा नयाँ मन्त्री थप्दै केही हेरफेरसमेत समेत गरिएको हो ।
मन्त्रिपरिषद् पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटनमन्त्री र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री बनाइएको छ भने महिला बालबालिकामन्त्री लीलानाथ श्रेष्ठलाई कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधारमन्त्री बनाइएको छ । त्यस्तै भूमिव्यवस्थामन्त्री पदमा अर्याललाई कृषि मन्त्री बनाइएको छ भने सहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठलाई शिक्षामन्त्री बनाइएको छ ।
नयाँ मन्त्रीहरूमा टोपबहादुर रायमाझीलाई उर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्री दिइएको छ । त्यस्तै गणेश ठगुन्‍नालाई सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रममन्त्री बनाइएको छ ।
त्यस्तै दावा लामालाई युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतोलाई महिला बालबालिकामन्त्री बनाइएको छ । त्यस्तै विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाइएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रीबाट हटाईएकाे छ ।

Advertisment