भारतीय गृहमन्त्री काठमाडौं ओर्लंदै , क-कसलाई भेट्दै छन त !

पोखरा । प्रधानमन्त्री केपि ओलीबाट संसद बिघटन गरेको पांचौं दिन मित्र राष्ट्र भारतबाट उच्च तहको पहिलो भ्रमण हुने भएको छ ।
संसद बिघटन पछि देशमा अन्यौल रहिरहेका बेला अचानक भारतीय गृहमन्त्री एबं भाजपा अध्यक्ष अमित शाहको भ्रमण हुन लागेको हो ।
सत्तारुढ दल बिभाजित हुने प्रकृया चलिरहेको, तीन पुर्ब प्रधानमन्त्री एकै पटक सडकमा उत्रिरहेको र प्रमुख बिपक्षी दलले समेत आन्दोलन घोषणा गरेको अवस्थामा भारतीय गृहमन्त्री अमित शाहको भ्रमण हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । त्यति मात्र नभईकन हिन्दु राज्य र राजसंस्था स्थापनाका लागि समेत माग चर्किरहेका बेला शाहकाे भ्रमण हुन लागेकाे छ ।

ईण्डियन एयलाईन्स बाट शनिबार दिउंसो १ बजे काठमाडौं ओर्लदै, पशुपति दर्शन, र प्रधानमन्त्री ओली , गृहमन्त्री राम बहादुर थापा मगर लगायत उच्च पदस्थ अधिकारी हरु संग भेट हुने कार्यक्रम तय भएको स्रोतले बताएईको छ ।
प्रमुख बिपक्षी दलका नेता कांग्रेस सभापति शेर बहादुर देउवासंग समेत भेट गराउन केही युवा नेताहरु सकृय रहेकाे बताईए पनि प्रमुख राजनीतिक दलका नेताहरुसंग भेट हुने कार्यक्रम तय भईनसकेको बताईन्छ ।

Advertisment