कास्की कांग्रेस क्षेत्र नं ३ ले पनि बिरोध कार्यक्रम अघि सा-याे

पाेखरा । प्रधानमन्त्री केपि शर्माले संसद बिघठनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै नेपाली कांग्रेसले बिरोधको कार्यक्रम अघि सारेको छ । यसैबिच कास्की क्षेत्र नं ३ ले पनि विरोध कार्यक्रमको तालिका ल्याएको छ । जस अनुसार पोखरा ५,६,१८,२२, २३ र २४ वडाका नेता, कार्यकर्तालाई १३ गते ११ बजे जिरो किलो मीटरमा जम्मा भई पार्टीकाे झण्डा सहित वाग्लुङ वसपार्क आउने जनाएको छ ।
त्यसैगरि साेही दिन पाेखरा महानगरका वडा नम्बर १,२,३, १९,२५,अन्नपूर्ण गाउंपालिका र माछापुच्छ्रेका नेता, कार्यकर्तालाई पनि ११ बजे हरिचाेकमा जम्मा भई वाग्लुङ वसपार्क आउने र एकै ठाँउमा जम्मा भई विरोध सभा गरिने भएको कुरा क्षेत्रीय सभापती पोषनाथ शर्माले जानकारी दिएका छन ।

Advertisment