तमु धिंको नवनिर्वाचित कार्यसमितिले संस्थापकहरुसँग लियो सुझाव

पोखरा, २८ पौष
तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिले संस्थापकहरुसँग सुझाव संकलन गरेको छ। आफ्नो तिनवर्षे कार्यकाललाई प्रभावकारी बनाउन नवनिर्वाचित कार्यसमितिले संस्थापकहरुसग राय, सुझाव संकलनका साथै साथ सहयोगको आग्रह गरेको हो।
कार्यक्रममा सहभागी संस्थापकहरुले तमु धिं नेपालको स्थापनाको मर्म, उद्धेश्य, भोग्नु परेको समस्याका साथै संस्थागत विकासका विविध पक्षमा प्रष्ट पार्दै तमु एकताको आवाश्यकतालाई जोड दिएका थिए।
कार्यक्रममा संस्थापक एवम निवर्तमान अध्यक्ष, कर्म तमु, संस्थापक उपाध्यक्ष शंकर तमु, सचिव शेरबहादुर तमु, सदस्यहरु डा.खडगसिंह तमु, रोस तमु, तिलक तमु, गमबहादुर तमुले सुझाव प्रस्तुत गरेका थिए।
संस्थापक अध्यक्ष कर्म तमुले संघ संस्था स्थापना गर्न नपाउने अवस्थामा पनि तमुहरुको आवाश्यकताका कारण तमु धिं स्थापनाको पहलका बखत पटक पटक प्रसासनबाट समस्या भोग्नुपरेको बताइन। सुनिल गुरुङ गुरुङको हत्याकाण्डमा राजबन्दीका रुपमा चरम यातना सम्झदै उनी भावुक बनिन्।तर पनि तमुहरुको दवावका कारण राज्य बाध्यभई झुक्नु परेको बताइन्।संस्था स्थापनाका साथै विकासका क्रममा केही स्वार्थी भावना भएकाहरुबाट घात समेत व्यहोर्नु परेको सुनाउदै इमान्दारीताका साथ एकतावद्धता लागि तमु धिं सधै अडिग रहनुपर्नेमा जोड दिइन्।
संस्थापक उपाध्यक्ष शंकर तमुले नवनिर्वाचित कार्यसमितिले राम्रो कार्यको शुरुवात गरेको भन्दै शुभकामना व्यक्त गरे। उनले विगतका केही स–सानो कमजोरीका कारण समस्याहरु उत्पन्न भएकाले मित्र र शत्रुभाव बोकेर हिड्नेहरु चिन्नुपर्ने बताए। मौलिकता, पहिचान संरक्षण गर्दै विभिन्न संस्थाहरुसँग समन्वय र एकतावद्ध भए तमुहरुले शक्ति आर्जन गर्ने उनको सुझाव थियो।
संस्थापक सचिव शेरबहादुर तमुले तमुहरुको एकता अपरिहार्यता छ भन्दै संस्थामा राजनीति निषेध गर्न सुझाए। सबैलाई समेटेर तमु धिं अघि बढ्नु सुझाव दिदै उनले विज्ञहरुसँग अन्तरक्रिया गरी शैक्षिक, स्वास्थ्य, प्रसासनिक, व्यवसायिक क्षेत्रमा तमुहरुलाई उत्कृष्टता हासिल गराउन पहल गर्नुपर्ने बताए। स्थापनाकालका समस्याहरुका बारेमा चर्चा गर्दै उनले शिक्षामा नै तमुहरुले जोड दिनुपर्ने आग्रह गरे।
संस्थापक तिलक तमुले तमु धिंले धेरै आरोह अवरोहबाट पाठ सिक्दै आएको छ, अब समयानुकुल रुपान्तरित र एकिकृत भएर अघि बढ्नुपर्ने बताए। संस्थाले समुदायलाई आकर्षण गर्ने खालका कार्यक्रम र भावनात्मक नेतृत्व प्रदान गर्न जरुरी रहेको सुझाव दिए।
अर्का संस्थापक गजबहादुर तमुले लामो समय पश्चात संस्थापकहरु र तमु धिंको कार्यसमिति बिच छलफलले सकरात्मक सन्देश दिएको बताए। तमुहरु एकतावद्ध हुन जरुरी छ भन्दै उनले लोकसेवा आयोगको तहगत तालिमसहित विविध क्षमता अभिवृद्धि र जागरणमुलक कार्यक्रम आवाश्यक रहेकोमा जोड दिए।
यसरी नै संस्थापक रोश तमुले तमु धिंको जग्गा आगामी दिनका लागि साँघुरो हुने भएकाले ठुलो क्षेत्रफल रहेको जग्गा खरिद गरी दीर्घकालिन योजना, आयमुलक कार्यक्रम, सबैलाई समेट्ने र आकर्षिक गर्ने कार्यक्रम जरुरी छ भने। राजनीति गर्नुपर्दछ तर संस्थामा कतै राजनीतिक रंग देखिनुहुदैन भन्दै राय सुझाव सबैसँग लिनुपर्ने उनको भनाई थियो।
यस्तै गरी संस्थापक डा.खडग सिंह तमुले पोखराका तमुहरु एकतावद्ध गराउन तमु धिं स्थापनाको सोंच आफुहरुले ल्याएको भन्दै तमु धिं ले गुरुङको विषय, बारेमा गहन बहस चलाउनुपर्ने सुझाव दिए।समुदाय, संस्थाका विकासका लागि सपना देख्ने, कार्यक्रम योजना बनाएर उपलब्धि हासिल हुने गरी मनैदेखि काम गर्न कार्यसमितिलाई शुभकामना दिए।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले तीनवर्षे कार्यकालका आधारपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद तमुले स्वागत र कार्यक्रम संचालन महासचिव अधिवक्ता जुनाकुमारी तमुले गरेकी थिइन्।

Attachments area

Advertisment