निर्वाचन घोषणापत्रका लागि सुझाव दिन ओलीको निर्देशन

काठमाडौं, माघ ११ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनका लागि तयार गरिने पार्टी चुनावी घोषणापत्रमा समेटिनुपर्ने विषयमा सुझाव दिन पार्टी पङ्तिलाई परिपत्रसहितको निर्देशन गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरमा सो परिपत्र गरिएको हो ।
सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले पनि निर्वाचनको सबै तयारी गरिरहेको अवस्थामा नेकपाले फागुन मसान्तभित्र सुझाव माथिल्लो निकायमा पेश गर्न पार्टी पङ्तिलाई निर्देशन गरेको हो । परिपत्रमा भनिएको छ, “पार्टीले जारी गर्ने घोषणापत्रमा समेट्नुपर्ने विषयहरुका सम्बन्धमा सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, शुभेच्छुक तथा आम जनसमुदायसँग छलफल गरी फागुन मसान्तभित्र माथिल्लो कमिटी मार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउन निर्देशन गरिएको छ ।”

निर्वाचन आयोगले माघ १५ गते देशभरिका सबै पालिकामार्फत मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ । त्यसलाई करेक्सन गर्ने, छुट भएकालाई थप्न १६, १७ र १८ गतेकालागि समय निर्धारण गरेको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी गरिरहेको र तोकिएकै मितिमा निर्वाचन गर्न सम्भव भएको बताइरहेका बेला नेकपाले पार्टी पङ्ति तथा आम जनसमुदायलाई सुझावका लागि पछिल्लो आव्हान गरेको दलका नेताहरुले बताउनुभएको गोरखपत्र अनलाइनमा उल्लेख गरिएको छ ।

Advertisment