नेपालमा भुकम्पकाे धक्का, केन्द्रबिन्दु अन्नपुर्ण संरक्षण क्षेत्रमा

पाेखरा । काठमाण्डाैं र पोखरा उपत्यकासहित मध्य नेपालका विभिन्न स्थानमा राति १० बजे आसपास भूकम्पको धक्का महसुस भएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले सो समयमा ४.६ म्याग्निट्यूडको भूकम्प मापन गरेको छ।

यूएसजीएसले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु गण्डकी प्रदेशको चित्रे भन्ने स्थानबाट ५१ किलोमिटर पूर्वोत्तरमा पर्छ।

उसको नक्सामा भूकम्पको केन्द्रबिन्दु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने देखिन्छ।

Advertisment