पोखराकाे सवल लेखाजोखा धम्पुसमा तालिम, धम्पुसै पुगेर यसाे भने मेयर जिसी

जीवन सुवेदी/ पोखरा
पोखरा महानगरका महाशाखा प्रमुख, शाखा प्रमुख र कर्मचारीहरुका लागि सकारात्मक सोच र उत्प्रेरणासम्बन्धि अभिमुखिकरण गराईएको छ ।
पोखरा महानगरपालिका शहरी योजना आयोगको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित धम्पुसमा बिहिबारदेखि सुरु भएर तीन दिनसम्म चलेको उक्त तालीमको शुभारम्भमा बोल्दै महानगरका प्रमुख मानबहादुर जिसीले सेवाग्राहीहरुलाई खुसी पार्नका लागि महानगरका सबै कर्मचारीमा सकारात्मक भावना हुनुपर्ने बताए ।
महानगर प्रवेश गरेका सेवाग्राहीलाई एक जना कर्मचारीले गर्ने व्यवहारसंग सिङ्गो महानगरकै प्रतिष्ठा जोडिएको भन्दै प्रमुख जिसीले नागरिकहरुले तिरेको करबाटै सेवा सुविधा लिएका कर्मचारीले नागरिकहरुलाई गुनासो गर्ने ठाउँ दिन नहुने बताए । कर्मचारी र जनप्रतिनिधिबीच समेत सुमधुर सम्बन्ध रहनुपर्ने बताउँदै प्रमुख जिसीले सकारात्मक भावना विकाशका लागि कार्यक्रम फलदायी रहेको बताए ।
कार्यक्रमका सहजकर्ता एवं पोखरा महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा आरसी लामिछानेले विश्वका सबै महानगरहरु र पोखरा महानगरका कर्मचारीहरुबीच योग्यतामा कुनै कमी नभएको भन्दै सेवा दिने शैलीमात्र बदल्न सके उत्कृष्ठ महानगर बनाउन सकिने बताए । सकारात्मक खोज पद्धतीका अभियन्ता समेत रहेका डा. लामिछानेले महानगरका सबै शाखा प्रमुखहरुले आ–आफ्ना शाखाहरुमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे ।
प्रसंसनीय खोज दृष्टिकोण व्यक्ति, महाशाखा तथा महानगरपालिका भित्र र वाहिर रहेका सवल पक्षहरुको खोजीनीति गर्ने, सफलताका कारणहरु खोज्ने ती सफलताका कारणहरुलाई आमुल रुपान्तरणका मुद्धाहरुसँग जोडेर नयाँ महानगरपालिकाको परिकल्पना गर्दै सो परिकल्पना साकार पार्न नयाँ संगठनात्मक सँरचनाको खाका तयार गरी कार्यान्वयनको लागि कार्ययोजना तयार गर्ने विधी हो । विगतका सफलता र भविष्यको चाहनाको आधारमा कार्ययोजना निर्माण गरीने भएकोले यस विधीलाई आमुल रुपान्तरणकारी विधी पनि भनिन्छ । तालिम कार्यक्रममा सहभागीहरुको सकृय सहभागिता रहेको थियो भने अधिकाँश सहभागीहरुको यस तालिममा प्रयोग गरीएका विधी तथा प्रकृयाहरु एकदम नयाँ र रोचक थिए । महानगरका महिला विकास अधिकृत विष्णुमाया पौडेलका अनुसार यो तालिम विगतका सवै तालिम भन्दा फरक रहेको र यसले आफु भित्र प्रयाप्त सकारात्मक उर्जा भरेको बताईन् । महानगरका सुचना अधिकृत भरत पौडेल यस तालिमको अवधिलाई जीवनकै एक अविस्मरणीय क्षण रहेको बताए । त्यसैगरी शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले तीन दिनको धम्पुस वसाइ पछि प्रयाप्त उर्जा लिएर फर्किएको र यस उर्जाले समग्र महानगरपालिकाको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने बताए । समस्यालाई अवसरका रुपमा परिणत गर्न तालीमले सहयोग पु¥याउने उनको विश्वास छ ।
महानगरपालिकाको सवलक्षहरु र नगरवासीहरुको भविष्यको चाहनाको आधारमा सहभागीहरु तीन समुहमा विभाजित भई आगामी १० वर्ष पछाडीको पोखरा महानगरपालिकाको परिकल्पना तयार पारेका थिए । तालीममा सहभागी महाशाखा, शाखा प्रमुख एवं प्राविधिकहरुले महानगरले आफ्नो महाशाखा उत्कृष्ठ बनाउन गर्नुपर्ने उपायहरु, महानगरका हालका सकारात्मक पक्षहरु, समस्याहरु, महानगरलाई उत्कृष्ठ बनाउन आवस्यक नाराहरु लगायतका विषयमा छलफल समेत गरिएको थियो । बेलायती सहयोग नियोग अन्र्तगत सुदृढ परियोजनाको सहयोगमा सञ्चालित उक्त तालीममा महानगरका करिब ५० जनाको सहभागिता रहेको थियो ।

Advertisment