पाेखरामा लागुऔषध सम्बन्धी कसुरमा २४ बर्षिया युवा पक्राउ

पाेखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस बिज्ञप्ती जारी गर्दै
लागूऔषध सहित मानिस पक्राउ गरेकाे जनाएकाे छ । बक्तब्यमा यस्ताे भनिएकाे छ ।

मिति २०७७/११/०८ गते अन्दाजी १६:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०२ भैरवटोल स्थित वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला कास्की पोखरा म.न.पा वडा नं.२ भैरवटोल बस्ने बर्ष २४ को मुक्तान शर्माको साथबाट लागूऔषध नाईट्रोभ्याट (NITRAVET-10)-२११ ट्यावलेट र मोवाईल थाना-२ (दुई) सहित फेलापारी नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धानको कार्य अगाडी बढाईएको छ ।
पक्राउ व्यक्तिको विवरण :-
• नाम : मुक्तान शर्मा
• उमेर : २४ वर्ष
• ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा वडा नं.२ भैरवटोल
पक्राउ मिति २०७७।११।०८ गते ।
• पक्राउ स्थान : जिल्ला कास्की पोखरा म.न.पा.२ भैरवटोल

Advertisment