ओलीले राजीनामा दिनुपर्छ : सांसद क्षेत्री

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सचेतक निर्मला क्षेत्रीले भंग भएको प्रतिनिधिसभालाई सर्बाेच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताइन । पुष्पकमल दाहाल र ओली झगडाले सांसद भंग गर्नु गलत भएको उनले बताइन ।
नेपाल प्रेस युनियन अर्घाखाचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेतृ क्षेत्रीले कम्युनिष्टले देश चलाउन नसक्ने बताइन । चुनावमा भोट माग्दा बाडेको समृद्धि र स्वरोजगारको सपना बिर्सेर दाहाल र ओली कुर्चीको लडाईमा लागेको बताइन । संविधानको रक्षा, लोकतन्त्र र संघीयता कार्यन्यवन गर्न कांग्रेसले मात्रै सक्ने बताइन । ओली र दाहालले कानूनी र वैधानिक रुपमा छुटिएर आएपछि कांग्रेस पाटीले जनताको हितमा निर्णय गर्ने उनले बताइन ।
उनले आफुले ल्याएको बजेटलाई अतिरञ्जित गरिएको बताउदै विकास बजेटको योजनामा केही सांसदले कमिशन मागेको आफुले सुनेको क्षेत्रीले बताइन । विकास बजेटमा मैले एक रुपैया“ कमिशन र भ्रष्टचार गरेको भेटिएमा सांसद पदबाट राजीनामा दिएर राजनीतिबाट सन्यास लिनेछु, उनले भनिन । जनताको विकास बजेटमा सांसदले कमिशन माग्नु जनताको हित विपरित भएको उनले बताइन ।

देश भर महिला हिंसा बलात्कार लगायतका घटनाहरु बढेकोमा बर्तमान सरकारको नालायकिपन जिम्मेबार रहेको पनि उनले आरोप लगाएकी छन ।
महिलाहरु देश भरी असुरक्षित महसुस गरेको भन्दै उनले आर्थिक अभाब र प्रलोभनमा महिला हिंसाका घटना लुकाउने र दवाउने क्रम पनि बढ्दो रहेकोमा चिन्ता ब्यक्त गरिन । सचेतक क्षेत्रीले काङ्ग्रेस बिना लोकतन्त्र र लोकतन्त्र बिना राज्यको बिकास समृद्धि हुन नसक्ने दाबी गर्दै कम्युनिस्टहरुले अनियमितता र भ्रस्टाचारलाई प्रसय दिइ संरक्षण दिने काम गरेको बताइन ।
काङ्ग्रेसलाई बत्ती बालेर खोज्नु पर्छ भन्ने कम्युनिस्टहरु अहिले हात जोडेर काङ्ग्रेसलाई ढोग्ने अबस्थामा पुग्नु काङ्ग्रेस बिना केही चल्देन भन्ने कुराको दरिलो प्रमाण भएको उल्लेख गरिन ।

Advertisment