पोखरामा हुने १० किमि दौड सफल बनाउन संस्थागत विद्यालयका संस्थाहरुको यस्ताे छ प्रतिवद्धता

पोखरा, ३ चैत । नेपाली अग्रज खेलाडीहरुको संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना यहि चैत १४ गते आयोजना हुने १० किमि महिला तथा पुरुष दौड सफल बनाउन संस्थागत विद्यालयका संस्थाहरुले प्रतिवद्धता जनाएका छन ।
मञ्चले पोखरामा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा बोल्दै निजी विद्यालयहरुको छाता संस्था प्यावसन कास्कीका अध्यक्ष प्रेम शर्माले गौरवको रुपमा पोखरा म्याराथन अन्तर्गतको १० किमि दौडलाई सफल बनाउन प्यावसन प्रतिवद्ध रहेको जनाए । उनले भने–“पोखरालाई म्याराथनको माध्यमबाट दौडको शहरको रुपमा रहेको यो कार्यक्रम महत्वपूर्ण छ हामी बनाउन प्रतिवद्ध छौ ।”
कार्यक्रममा बोल्दै प्लस टु तथा विश्व विद्यालयको छाता संस्था हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले हिसान कास्की सदैव पोखरा म्याराथन सफल बनाउन लागि पर्ने बताए । उनले कोभिड १९ का विचमा समेत खेलकूदका कार्यक्रमहरुले समाजमा सकारात्मक सन्देश फैलाउन सहयोग गरेको भन्दै हिसान कास्कीले १४ औं संस्करणको स्पोर्टस मिटको तयारीतर्फ उन्मुख भएको बताए । उनले हिसानले आयोजना गर्ने कार्यक्रममा समेत मञ्चको तर्फबाट सहयोगको अपेक्षा रहेको भन्दै खेलकूद कार्यक्रमले विद्यार्थीहरुको मानशिकतामा समेत सकरात्मक सोचको प्रवाह हुनेकुरामा जोड दिए ।
सोही कार्यक्रममा वोल्दै निजी विद्यालयहरुको छाता संस्था एन प्याव्सनका अध्यक्ष हेमन्त अधिकारीले मञ्चले आयोजना गर्ने म्याराथन दौड लगाएतका कार्यक्रमहरु सफल बनाउन एन प्यावसन प्रतिवद्ध रह्ेको भन्दै धेरै भन्दा धेरै सहभागिता गराउन एन प्याव्सनले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । यसै गरी यूनिप्स नेपालका अध्यक्ष शान्ता गुरुङले पोखरा म्याराथन र यस अन्तर्गत हुने कार्यकमहरु पोखराको गौरव गर्ने कार्यक्रम रहेकोले यसको सफलताको लागि यूनिप्सले सक्दो सहयोग गर्ने बताए ।

भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तथा गण्डकी प्रदेश खेलकूद परिषदका नवनियुक्त सदस्य सचिब तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, सचिव कृष्ण तिमिल्सिना लगाएतले चैत १४ गतेको १० किमी दौड सफल बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा पोखराका यूवा अभियान्ताहरु स्मृती बराल, एलिशा सिंह, शैल्ताज कुंवर, रोशन भण्डारीले समेत १० किमी दौड सफल बनाउन पोखरेली यूवाहरुलाई सहभागी गराउन आफूहरुले सक्दो भूमिका खेल्ने बताए ।

Advertisment