कार्यान्वयन पक्ष फितलो हुदै जांदा पोखराको सौन्दर्यता गुम्दै गएको विज्ञहरुको दाबी

पोखरा १६ ,चैत
कान्वयन पक्ष फितलो हुदै जादा पोखराको सौन्दर्यता विस्तारै गुम्दै गएको विज्ञहरुले दाबी गरेका छन्। २०३१ सामला योजनाकार ई.पदम बहादुर क्षेत्रीले पोखराको सिटी प्लान तयार पारे पनि शंकरराज पाठक लगायतकाले केही कान्वयन गरे पनि विस्तारै त्यसलाई अबलम्बन गर्न नसक्दा पोखराको सार्वजनिक जग्गा अतिक्रमणसंगै पोखराको सौन्दर्यता गुम्दै गएको सोमबार रेडियो अन्नपूर्णले आयोजना गरेको विज्ञहरुसंगको छलफल मुलक कार्यक्रम द राउण्ड टेवलमा सहभागि विज्ञहरुले बताएका हुन्।

नेपालमै पहिलो पटक जग्गा एकिकरण योजना ल्याण्ड पोलिङ बाट न्यूरोड, बागलुङ बसपार्क, भवन निमार्ण संरचना, बस्तीविकास, पन्चासेमा र पोखराको शहरमा कस्ता भवन तथा संरचना बनाउने योजनाको खाका तयार भए पनि पछिल्लो समयमा त्यसलाई कान्वयन गर्ने सरोकारवाला निकाय ले त्यसलाई कान्वयन गर्न नसक्दा पोखराको मौलिकता हराउदै गएको विज्ञहरुले चिन्त्ता व्यत्त गरेका हुन्। हाल पोखरामा जथभावी रुपमा भौतिक संरचना निर्माण, विना योजनामा व्यतिले आफुखुसि भौतिक संरचना निर्माण गर्ने परी पाटी, पोखरेलीले समेत पोखराको सौन्दर्यता बचाउने बिषयमा गम्भिर हुन नसक्दा पनि पोखराको सुन्दरता खस्कदै गएको उनीहको दाबी छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा.रामचन्द्र लामिछाने पोखराको सार्वजनिक जग्गा करिब ५ दशकमा ५० प्रतिशत जसो अतिक्रमण भएको दाबी गर्दै जग्गा अतिक्रमण गर्नेहरुलाई समाजबाटै बहिस्कार गर्नु पर्ने बताए । चेतनाको कारण पनि पोखराको विकासले सोचे अनुरुपको गति लिन नसकेको दाबी गरेका उनले २१ औं शताव्दीको दिगो विकासको जग नै चेतनाको स्तर भएको उनले जनाए । आम जनताको चेतनाको स्तर कम भएको कारण हरेक घर परिवार टोल, आफ्नो क्षेत्रमा योजना पार्न साना र टुक्रे योजना पार्ने प्रबृत्ति भएको उपाध्यक्ष डा. लामिछानेले बताए ।
पोखरामा हाल निर्माण भएका केही भौतिक पूर्वाधार निर्माणमा २०३१ सालमा निर्माण भएको योजनाको आधारमा भएकोले धेरै राम्रो भएको दाबी गरे । २०५६ साल देखी पोखरामा जन्म दर्ता, मृत्यु दर्ता सिफारिस र पन्जीकरण जस्ता मात्र काम मात्र गर्दा पोखराले पोखरा र पोखरा वरिपरीको विकास योजनामा कुनै ध्यान दिन नसक्दा पोखराको विकासमा समस्या उत्पन्न भएको उनको दाबी छ । सरोकार निकाय नै बलियो नहुदा सार्वजनिक जग्गा माथि अतिक्रमण हुने र आफुखुसि जहाँ पायो त्यही घर सहितका भौतिक संरचना निर्माण गरेको उपाध्यक्ष डा. लामिछानेले बताए । अबको सुन्दर पोखरा बनाउने अभियानमा महानगर लागि पर्ने बताएका उनले हाल बनेका संरचनालाई सच्चाउदै जाने उनले जनाए । पोखराको मुख्य शहर क्षेत्र, साविक लेखनाथ र केही ग्रामिण भेग समेत समेटेर पछिल्लो समयमा भूगोलको हिसावले पोखरा देशकै ठु्लो महानगर भए पनि सोही अनुरुपको दिगो रुपमा योजनाबद्ध ढंगले अझै पनि काम हुन नसकेको उपाध्यक्ष डा. लामिछानेले बताए । पोखराका मेयर मानबहादुर जिसी सहितका पालिखका प्रमुखहरु अझै पनि अधिकार विहिन हुनु परेको संघिय सरकारकै निती निर्देशनमा संकुचित र आत्मनिर्भर हुनु परेको उनको दाबी थियो ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष असोक पालिखे पोखराको न्यूरोडको जग्गा एक देखि दुई मिटरसम्म कति जनाले खाएकाछन यदि कसैले सोधेमा जम्मै भन्न सक्ने दाबी गरे । पोखराको न्यूरोडमा एक मिटर जग्गा करिब दुई करोड मुल्य भएको उनले बताए । शंकरराज पाठकले न्यूरोडको जग्गा अधिग्रण गर्दा साँढे दुई किलोमिटर भएकोमा दाया बाया गर्दा करिब ५ किलोमिटर हुन आउने त्यसको ५० प्रतिशत जग्गा नगरविकासले पाउनु पर्ने नपाउको पालिखेले दाबी गरे ।
नेपालको ठुलो समस्या भनेको एकले बनाएको योजना अर्कोले पुनः कान्वयन नगर्ने रहेको उनले दाबी गरे । २०३१ सालमा अन्चलाधिश शंकरराज पाठकले तत्कालिन अबस्थामा लागु गरेको पोखरा बनाउने अभियानमा अझै लागु गर्न सके पोखराको सौन्दर्यता बचाउ सकिने पूर्व अध्यक्ष पालिखेको भनाई छ । पोखराको फेवातालको किनारामा विना योजनामा फुटट्याक बनाएको उनको गुनासो थियो । उनले भने“ फेवातालको ६५ मिटर दुरीबाट मात्र फुटट्याक बनाउनु पर्थ्यो, हाल बनाएको फुटट्याकबाट कुनै व्यत्तिले चुइकम वा थुक फाले पनि सिधै तालमा पर्छ । ”
योजनाविद् डा.वेदमान भण्डारीले पोखरालाई पर्यटन, शिक्षा, स्वास्थ्य र संस्कृतिको रुपमा विकास गर्नुपर्ने बताएका छन्। पोखरा देखि अन्तराष्ट्रिय शहरसंग जोड्ने सिधा हवाई सेवा संचालन हुनको लागि पोखरामा विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेकोले सोही अनुरुपको यहाँ थप सडक संजाल सहितको अन्य भौतिक पूर्वाधार विकास निकै कम भएको उनकोे गुनासो थियो । तथ्याङकको आधारमा विकास निर्माण र त्यसको आधारमा बजेट र योजना आवश्यक हुने हुदा नेपालमा तथ्याङकमा निकै कमजोर हुदा विकास निर्माणमा बाधा पुगेको योजनाविद् डा. भण्डारीको भनाई छ । पोखरेलीले पोखराको सौन्दर्यतालाई बचाउन जुन रुपमा भुमिका खेल्नुपर्ने सोही अनुरुपको भूमिका खेल्न नसक्दाको परिणाम पोखरा बिग्रिदै गएको उनको भनाई छ । कागजी रुपमा पोखरा सहित नेपालका धेरै योजना राम्रो भए पनि त्यसलाई कान्वयन पक्ष कमजोर हुदा विकासमा बाधा पुगेको योजनाविद् डा. भण्डारीले बताए । पछिल्लो समयमा स्टाफ नर्स, इन्जिनियरहरुले विदेश गएर पनि मासिक लाखौं आम्दानी गर्न सक्ने क्षमतावान भएको दाबी गर्दै उनले विदेशीएका युवा शत्तिलाई नेपालमा काम गर्ने वातावरण मिलाउनु पर्ने बताए । उनले भने “ नेपालमा याक्टर र फ्याक्टरले काम गर्ने वातावरण बनाउनु पर्यो, अबको केही बर्ष पछि विदेश जाने युवा शत्तिमा विस्तारै कमी हुनेछ ।”
हाम्रो शहर कस्तो छ, पोखरामा शहरका लागि आवश्यक पूर्वाधार छन, हामीले परिकल्पना गरेको शहर बनेको छ त भन्ने लगायका बिषयमा विज्ञहरुसंगको छलफल मुलक कार्यक्रम द राउण्ड टेवलमा रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्रले सहजीकरण गरेका थिए ।

Advertisment