धार्मिक व्यक्तित्व पौडेलको निधन

शिशिर

पोखरा २९ चैत / नेपाली काँग्रेसका क्रियासिल सदस्य एवं धार्मिक व्यक्तित्व टीकाराम पौडेलको निधन भएको छ । पोखरा १९ घार्मी निवासी ८२ वर्षिय पौडेलको आईतवार विहान उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा निधन भएको हो । वि.सं. १९९६ साल वैशाख १७ गते घार्मीमा जन्मनु भएका पौडेल केही समय देखि स्वासप्रश्वास सम्वन्धि रोगवाट ग्रसित हुनुहुन्थ्यो ।घामीैस्थित ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा राम मन्दिर विरौटाका आजिवन सदस्य समेत रहेका पौडेलको आजै शवयात्रा सहित शान्तिघाटमा अन्त्यष्टि गरिएको छ ।उहाँको शवमा छोरा वावुराम पौडेलले दागवत्ती दिनुका साथै विभिन्न क्षेत्रका धार्मिक, सामाजिक, तथा राजनितिक व्यक्तिले अन्तिम श्रद्घाञ्जली दिएका थिए ।
स्वर्गीय पौडेलका श्रीमती , एक छोरा वावुराम, दुई छोरी मायादेवी पराजुली, अन्जु पण्डित, र ५ जना नाति नातिना हुनुहुन्छ ।यसअघि पौडेलको पार्थिव शरिरमा नेपाली काँग्रेसका नेता देवराज चालिसे, क्षेत्रिय सभापति माधव वास्तोला, नेता वावुराम आचार्य, विरेन्द्र नारायण विजुक्छे, पुष्पेन्द्र पाण्डे, पोखरा १९ का सभापति महेश्वर पौडेलले पार्टीको झण्डा ओढाई श्रद्घाञ्जली दिएका थिए ।
यसैविच धार्मिक व्यक्तित्व पौडेलको निधनले घार्मीको सामाजिक तथा धार्मिक क्षेत्रमा अपुरणिय क्षति पुगेको भन्दै श्री ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले शोक व्यक्त गरेको छ ।

Advertisment