पोखरा विश्वविद्यालयकाे राजिष्टारमा भण्डारी

पाेखरा । पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा दिपक वहादुर भण्डारी नियुक्त हुनु भएको छ । हाल सम्म रिक्त रहेको पदमा विश्वविद्यालयका उपकुलपती प्रा डा प्रेम नारायण अर्यालयको शिफारिसमा कुलपती प्रधानमन्त्री केपी शर्मा ओलीवाट ४ वर्षका लागी रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
यस अघि समेत करिव ९ महिना रजिष्ट्रार वनिसेका भण्डारी विगत १२ वर्ष देखी पोखरा विश्वविद्यालयमा उप प्राध्यापकको रुपमा कार्यरत रहनु भएको छ ।

लमजुङको वेशीसहर स्थायी घर हुनु भएका भण्डारी यु के वाट पिएचडी गर्नु भएको थियो । करिव ५ महिना देखी काम चलाउ रुपमा रजिष्ट्रार हुँदा वजेट लगाएत काम कारवाही गर्न गाह्रो भएको र अव सहज हुने उपकुलपती अर्यालले जानकारी दिनुभयो । रजिष्ट्रार नियुक्ती भए सँगै अन्य रिक्त रहेका पदहरुमा समेत छिटो नियुक्त गर्नु पर्नेमा प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरुले जोड दिएका छन् ।

Advertisment