लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलको राजीनामा, यस्तो छ भित्र रणनिती

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजीनामा दिनुभएको छ ।
लामो समयदेखि सत्ता रस्साकस्सीमा रहेको सो प्रदेशमा माओबादीले समर्थन फिर्तासंगै सरकार बचाउन मुख्यमन्त्री शंकर पोख्रेल लाई हम्मे भएको थियो ।
बिभिन्न रणनिती अनुसार हाल लाई राजनिामा गरिएको बताइन्छ ।
एक महिनाभित्र बिश्वासको मत लिएर बहुमतप्राप्त एमालेको एकल पार्टीको सरकार बनाउने उदेश्यले सो कदम चाल्नुभएको हुनसक्ने अनुमान गरिएको छ ।
सरकार बचाउन यस अघि जनता समाजबादी पार्टीका ४ जना सांसदबाट मुख्यमन्त्री शंकर पोख्रेलको समर्थन गरिएको थियो । पार्टी निती बिपरित गएको भन्दै ४ जना सांसदलाई पदमुक्त्त गरेको छ ।

Advertisment