पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त, सपथ ग्रहण सम्पन्न

पोखरा : गण्डकी प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
२६ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा गर्नुभएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न दलहरुलाई समय दिनुभएकाे थियाे । ३ दिनको समय आज सकिएको छ ।
नेपालको संविधानको १६८ काे ९२० अनुसार ३ दिनभित्र बहुमत दाबी गर्न पौडेलले दिनुभएकाे समयमा ३१ सांसदको हस्ताक्षर बुझाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले १६८ काे ९३० अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे छ ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीकाे पक्षमा हस्ताक्षर नगरेपछि ३१ जना सांसदको हस्ताक्षर पुर्याउन सकेकाे छैन । कांग्रेसकाे पक्षमा २९ जनाले हस्ताक्षर गरेको बताइएको छ । थापा आज विहानै निर्बाचन क्षेत्र बागलुङ हानिनुभएकाे समाचार छ । थापालाई कारवाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्याउने प्रयास गरिएको भएपनि वहांलाई पार्टीले कारवाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नु अगावै प्रदेश प्रमखुलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारवाही गरिएको पत्र पठाउन भ्याउनुभएकाे छ । मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले अहिले शपथ ग्रहण गरिसक्नुभएकाे छ । आज शपथ लिएपछि १ महिना भित्र बिश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे छ ।
यस अघि जनमाेर्चाका सांसद खिम बिक्रम शाही हराएकाे भन्दै जनमाेर्चाले प्रदेशसभामा निबेदन दाबी गरेपछि अबिश्वास प्रस्ताब छलफल बिनै बिफल भएकाे थियाे ।

Advertisment