प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भन्ने समाचार निराधार : सर्वाेच्च अदालत

काठमाडौं, जेठ ११ गते । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

आज सर्वोच्चले विज्ञप्ति जारी गरी प्रधानमन्त्री र प्रधानन्यायाधी बीच भेट नभएको समेत स्पष्ट पारेको छ । साथै सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्ययापालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुराशययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुःखद र खेदजन्य विषय भएको हो विज्ञप्तिमा भनिएको छ ।

हिजो प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार आएसंगै सर्वोच्चले आज विज्ञप्ति जारी गरेर उक्त विषयमा स्पष्ट पारेको हो ।

Advertisment