संवैधानिक इजलासको सुनुवाई जेठ १६ मा

काठमाडौं, जेठ १४ गते । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासको सुनुवाई अब जेठ १६ गते आइतबार हुने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाई शुक्रबार सुरु भएको थियो ।
शुक्रबारको सुनुवाइ दिउँसो ३ बजेसमम भयो अब यसैको निरन्तर सुनुवाई आउँदो आइतबार हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताउनुभयो । भोलि जेठ १५ गते सुनुवाई नहुने भएपनि यसलाई स्थगित भन्न नमिल्ने ढकालको भनाई छ ।स्थगित भएको होइन, आज काम गर्दा गर्दा समय सकियो अब अर्को बहस आउँदो आइतबार हुनेछ, उहाँले जानकारी दिनुभयो ।

संवैधानिक इजलासमा प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छ ।

Advertisment