कांग्रेसकाे तल्लाे तहका सबै अधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेसका तल्लाे तहका सबै अधिवेशनहरु स्थगित भएका समाचार छ ।

आज बिहान पार्टी सभापति शेर बहादुर देउवाकाे निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुकाे बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको जनाएकाे छ ।
केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक नगरे सम्म लाई स्थानिय तहका सबै अधिवेशनहरु स्थगित गर्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभएकाे छ ।
वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने बताईएकाे छ ।
कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको भएतापनि सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल भएको छ ।
देउवा निवासमा आज बिहान बसेकाे पदाधिकारी बैठकमा पनि महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन् ।
काेराेनाकाे तेश्राे लहर आउन सक्ने विज्ञहरुले चेतावनी दिईरहका बेला हजाराैंकाे संख्यामा भेला हुने महाधिवेशन लाई स्थगित गरि बर्तमान बहालवाला महाधिवेशन प्रतिनिधि लाई कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय बारे कानुनविदहरु संग छलफल भईरहेकाे कांग्रेस नेताहरुले बताएकाे छ ।

Advertisment