कांग्रेसका शीर्ष नेताहरु गम्भीर छलफलमा

काठमाडौं । जिल्ला सभापतिका माग सम्बोधन गर्ने र अनसन तोडाउने विषयमा सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन नसकेपछि बालुवाटारमा शीर्ष नेताहरु नै छलफलमा जुटेका छन् । कार्यदलले मात्रै सहमति गरेर अनसन तोडाउन नसक्ने जनाएपछि शीर्ष नेताहरुसहित कार्यदलले छलफल थालेको हो । छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक लगायत सहभागी छन् ।

यसअघि शुक्रबार साँझ पनि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलबाट जिल्ला सभापतिहरुका माग सम्बोधन गर्ने र तोकिएकै मितिमा महाधिवेशन गर्ने विषयमा नेताहरुबीच समान धारणा बनेको थियो ।

Advertisment