पोखरा वडा नं १५ मा एकीकृत समाजवादी गठन

असाेज १६, पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कास्की जिल्लामा संगठन निर्माण अभियानलाई अगाडी बढाएको छ । यसै क्रममा पोखरा महानगरपालिका वडा नं १५ मा पार्टीको भेला सम्पन्न भएको छ । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी चयन गरेको साे पार्टीले जानकारी दिएकाे छ ।
त्यसैगरि उपाध्यक्ष्यमा गुरूदत्त पौडेल, कुमारी गरुब रहनुभएको छ भने सचिवमा मदन गिरी रहनु भएका छन ।
भेलाको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि, नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य श्रीनाथ वरालले आफ्नै पार्टीको झण्डै दुईतिहाईको वहुमतको संसद माथी असंवैधानिक तवरले पटक पटक प्रहार गर्ने र आफैले नेतृत्व गरेको सरकार अनि पार्टी बचाउन नसक्नेहरूको बोलवाल रहेको एमालेले लोकतन्त्र र संविधानको रक्षा गर्न नसक्ने भएकाले आफुहरूले विद्रोह गरि नयाँ पार्टीको रूपमा कम्यूनिष्ट पार्टीको पुर्नगठन गरेको वताए । कार्यक्रममा पार्टीका पोखरा महानगर अध्यक्ष मुक्ती पौडेल, जिल्ला उपसचिव पूर्ण लामा, सचिवालय सदस्यहरु डिवी राई, चित्र वराल, पुनलाल विक,जिल्ला कमिटि सदस्य शर्मिला पाैडेल ,ख्यामनारायणपौडेल,मुक्ती गुरुब लगायतले सवै भ्रमहरुलाई चिर्दै कार्यकर्ताहरुले जनताको विचमा गएर काम गर्नु पर्नेमा जोड दिए ।
वडाका जेष्ठ कम्यूनिष्ट नेता ओम बहादुर थापाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको संचालन वेन गरुब र स्वागत गणेश कार्कीले गरेकाे कुरा नेकपा (एकीकृत समाजवादी) कास्कीका सहसचिब एबं प्रचार विभाग प्रमुख पूर्ण लामाद्वारा प्रेषित बिज्ञप्तिमा जानकारी गराएका छन ।

Advertisment