पाेखरा । असाेज २९ कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नंं ८ ल्वाङघलेल लाई लक्षित गरी १४ विपन्न घर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको छ ।
मेरी गोल्ड युके संस्थाबाट स्थानीय प्रतिनिधि पूर्ण बहादुर गुरुङ –जापान)को समन्वयमा उक्त सामाग्रीहरु वितरण गरिएको हो । १४ घर परिवारलाई चामल, दाल, नुन तेल मर मसला जस्ता खाद्यान्न हरु वितरण गरिएको थियो । स्थानीय यूवा क्लव फेरी भेटौंला युवा क्लवको अध्यक्ष सन्तोष गुरुङ, सचिव गोपाल थापा मगर पूर्व शिक्षक तारानाथ अधिकारीका रोहवरमा उक्त सामाग्रीहरु वितरण भएको थियो ।
दशैंमा मेरी गोल्डकाे खाद्यान्न वितरण
October 15, 2021
372
Advertisment




