काठमाडौं । कार्तिक १०, पटक पटक सर्दै आएकाे नेपाली काँग्रेस काे चाैधाैं महाधिवेशनको कार्यतालिका फेरि सरेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सार्ने निर्णय गरेकाे छ ।
नेपाली काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने तय गरिएकाे छ । त्यसैगरि ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।
मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको समेत पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने समेत उनले उल्लेख गरेकाे छ । केन्द्रिय महाधिवेशन भने मंसिर २७ देखि ३० गते गर्ने गरी मिति तय भएकाे निर्णय गरेकाे छ ।
कांग्रेस महाधिवेशनकाे नयां मिति तय, अब अधिबेशन नराेकिने
October 27, 2021
416
Advertisment




