डण्ड गुरुङ पाेखरामा पार्वता तमु स्मृति पुरस्कारबाट सम्मानित

पोखरा २६ कार्तिक,

तमु साँस्कृतिक प्रतिष्ठान नेपाल द्धारा संचालित पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार डण्ड गुरुङ सम्मानित भएका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्ष समेत रहेका गुरुङलाई शनिबार पोखरामा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २० औँ वार्षिकोत्सव स्रष्टा सम्मान एवम विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रमको अवसरमा गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले नगद २५ हजार सहित फेटा र सम्मानपत्रले सम्मान गरेका हुन् । करिव साढे दुई दशक भन्दा लामो समय विभिन्न प्रिन्ट एवम श्रव्यदृश्य मिडियामा आवद्ध रही सुचना तथा संचार क्षेत्रमा पु¥याएको उल्लेखनीय एवम अविष्मरणीय योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको बताएको छ । सिन्धुली तीनकन्या नगरपालिका ९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका २३ हात्तिवन बस्दै आएका सम्मानित गुरुङ बिगत करिब दुई साढे दशकदेखि पत्रकारिता क्षेत्रमा केन्द्रित छन भने

नागरिक खबरका संस्थापक सम्पादक हुन् । सम्मान कार्यक्रमकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङ र सञ्चालन सचिब भेष बहादुर गुरुङले गरेका थिए ।
photo by/ Mani sarbaja Gurung

Advertisment