५७२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, पुस २३ गते । पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार २७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, छ हजार ६९९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३९६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, देशभर हालसम्म पाँच हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Advertisment