कांग्रेस माछापुच्छ्रे गाऊंपालिकाको उम्मेदवार यस्तो छ

पोखरा । बैशाख १२, नेपाली कांग्रेस कास्कीले माछापुच्छ्रे गाउंपालिकाको प्रमुखमा मिन बहादुर गुरुङ र उपप्रमुखमा सिता अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरि क्षेत्रिय कार्यसमितीले माछापुच्छ्रे गाऊंपालिकाका बिभिन्न वडाहरुमा समेत पार्टीबाट उम्मेदवार हुनेहरुको नामावली सार्वजनिक गरि उम्मेदवार दर्ता गरेको छ । जस अनुसार वडा नम्बर १ ईन्द्र गुरुङ,
वडा नम्बर २ गणेश आचार्य, वडा नम्बर ३ मा हरिशचन्द्र लम्साल, वडा नम्बर ४ मा मधुसुधन अधिकारी, वडा नम्बर ५ मा नारायण पौडेल, वडा नम्बर ६ मा उदय नेपाली, वडा नम्बर ७ मा लोक बहादुर गुरुङ, वडा नम्बर ८ मा राम बहादुर गुरुङ र वडा नम्बर ९ मा राजेन्द्र क्षेत्री लाई वडा कार्यसमितीको सिफारिसमा क्षेत्रिय समितीले निर्णय गरि उम्मेदवारी दर्ता गरिएको महाधिबेशन प्रतिनिधी बिष्णु बहादुर क्षेत्रीले युनाईटेड खबरलाई जानकारी दिएका छन् ।

Advertisment