मुख्यमन्त्री समक्ष सुनास कास्कीको ध्यानाकर्षण पत्र

पोखरा १६ जेठ ।ट्रान्सपरेन्सी नेपाल आबद्व संस्था सुशासनका लागि नागरिक समाज ( सुनास) कास्कीले सोमवार माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली समक्ष गण्डकी प्रदेश सरकारका पूर्वपदाधिकारीहरूको लागि सुबिधा दिन गठित कार्यदलको सन्दर्भमा आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ ।
पत्रमा आमनागरिकको जनजिबिका कठिन भएको तथा ब्यवस्थाका प्रति समेत प्रश्न उठाउन थालिएको अवस्थामा सरकारबाट यस प्रकारको कार्य हुनु दुखद रहेको उल्लेख गरिएको छ ।

देशमा भ्रष्टचार बढेको, आर्थिक अनियमितता मौलाएको, बेरुजुको अवस्था काहालीलाग्दो रहेको, लगायतका बिषय उठान गरिएको छ ।
सुनासका अध्यक्ष रबीन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

Advertisment